मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित

बाढी

मनाङ, ७ असार । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका उनिहरुलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।

त्यस्तै मनाङको चामे, नासोङ्ग, डिस्याङ र नार्पाभूमि गाउँपालिकाबाट बाढीका कारण समस्यामा परेका ४७४ जनालाई उद्दार गरेर सुरक्षित ठाउँमा सारिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ १४ देखि १६ सम्म परेको अविरल वर्षाले पनि मनाङ र काठमाडौं बीच सडक सम्पर्क टुटाइदिएको थियो । आइतबार देखि बल्ल मनाङमा ठूलो पानी रोकिएको छ । बाढीले चामे गाउँपालिका–१ तिमाङस्थित स्याल्क्यू छहराको मोटरेबल पुल समेत बगाएको छ । तिमाङको छहरामा रहेका दुईवटा पक्की पुल भत्काए पछि राजधानीसँगको सडक सम्पर्क जोडिन सकेको छैन । काठमाडौं र पोखरा हिँडेकालाई १७० जनालाई सुरक्षाकर्मीले तिमाङको छहराबाट उद्धार गरेर पठाएका छन् ।

सदरमुकाम चामे भएर बग्ने घट्टु खोला र स्याल्क्यु खोलामा आएको बाढी र मर्स्याङ्दीको बाढीका कारण चामेबाट मात्र ६ सय जना विस्थापित भएका छन् । विस्थापितहरुका लागि पानी, लत्ताकपडा र खाद्यान्न अभाव छ । राहत लैजाने एक मात्र माध्यम हेलिकोप्टर रहेको छ । अहिले सरकार, स्थानीय तह र सहयोगी व्यक्तिहरुले पठाएको राहतले विस्थापितको जीवन जेनतेन चलिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक