खसीको मा’सु भनेर बाख्राको मा’सु बेच्ने २ जना पक्राउ

arrest

रौतहट, ७ असार । खसीको मा’सु भनेर बाख्राको मा’सु बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन ।

गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मा’सुलाई खसीको मा’सु भनि बेचबिखन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मा’सु सहित नियन्त्रणमा लिई थप का’रवा’हीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक