शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

कृष्णगोपाल श्रेष्ठ

काठमाडौं, ११ असार । नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । ​मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मन्त्रीजस्तो व्यक्तिबाट अख्तियारको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि निर्लज्ज हस्तक्षेप गरिएको भन्दै निन्दा एवम् भर्त्सनासमेत गरेको छ ।

‘राज्यको जिम्मेवार मन्त्रीबाट नै संविधान र कानुनको धज्जी उडाउँदै छुवाछूत विभे’दको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, निज मन्त्रीलाई कारवाही स्वरुप पदबाट तत्काल बर्खास्त गर्न नेपाल सरकारका प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं ।’

सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभे’दको घ’टना विरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुस’न्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जब’रजस्ती थु’नामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले ग’म्भीर आप’त्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक