डेढ लाख रकम सहित पाँच जुवाडे पक्राउ

जु'वाता'स

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकम सहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन् । तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छबि गिरी छन् ।

उनीहरू माथि जु’वा ऐन अन्तरगत मु’द्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक