म:म वा मैदाबाट बनेका खानेकुरा खाँदै हुनुहुन्छ ? यस्ता रोगहरुको शिकार हुनुहोला नि !

म:म

म:म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको म:म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज हरेक गाउँदेखि शहरका गल्लीमा सहजै उपलब्ध हुने म:म स्वास्थ्यका लागि हानिकारक हुन्छ । म:म होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु :

यो एसिड–अल्कलाइन असन्तुलनको कारण बन्ने गर्छ
शरीरको स्वस्थ पीएच स्तर ७.४ हुन्छ । डाइटमा एसिडिक खाद्य पदार्थको अत्यधिक मात्रा हुँदा शरीरमा क्याल्सियमको कमी हुने गर्छ । यसका कारण हड्डी कमजोर हुन्छ । गेडागुडीलाई एसिडिक फुड मानिन्छ । शोधका अनुसार खानामा मैदाको अत्यधिक प्रयोगले हड्डीलाई हानी पुर्याउन सक्छ । एसिडिक डाइटले प्रतिरोधी प्रणालीलाई हानी पुर्याउँछ जसका कारण शरीर विभिन्न रोगको चपेटमा आउन सक्छ ।

ब्लड सुगरको स्तर बढाउन सक्छ
मैदा शरीरका लागि स्वस्थ विकल्प हो भनेर आफ्नो खानामा समावेश गरिरहनुभएको छ भने तपाईं गलत सोचिरहनुभएको छ । मैदाबाट बनेको खानेकुरा तपाईंको शरीरका लागि थप हानिकारक हुन्छ । मैदामा भएको कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ए भनिन्छ, कुनै पनि अन्य कार्बोहाइड्रेटको तुलनामा निकै सजिलै ब्लड सुगरमा परिवर्तन हुने गर्छ । मैदाको ब्रेकको दुईवटा स्लाइसले मात्रै पनि शरीरमा ब्लड सुगरको स्तरलाई ६ चम्चा चिनी वा थुप्रै क्यान्डी बारभन्दा पनि बढी बढाउन सक्छ ।

शरीर सुन्निन सक्छ
दानायुक्त आहार शरीर सुन्निनुको कारण बन्नेगर्छ । यसमा ब्लड सुगर लेभल बढ्ने गर्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ जसमा गुलकोजले आफूलाई वरिपरिको प्रोटिनसँग जोड्ने गर्छ । यसका कारण ग्लाइकेशन नामको एक केमिकल रियाक्सन हुने गर्छ । ग्लाइकेशन एउटा प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो जसका कारण जोर्नी दुख्छ भने मुटुरोग पनि गराउँछ । साथै यसले शरीर सुन्निने समस्या पनि निम्त्याउँछ ।

आन्द्रालाई हानी पुर्याउन सक्छ
शोधका अनुसार दानायुक्त खानेकुरामा पाइने लेक्टिनका कारण आन्द्राको पत्र सुन्निने गर्छ । जब तपाईं मैदा खानुहुन्छ तब खानामा ८० प्रतिशत फाइबर नष्ट हुने गर्छ । तपाईंको शरीरले त्यो फाइबर पाउँदै जसलाई त्यसको आवश्यकता पर्छ र कार्बोहाईड्रेट तीब्र रुपमा निष्कासन हुने गर्छ । फाइबर बिना शरीरले आन्द्राको फोहोरलाई सफा गरेर शरीरलाई डिटक्स गर्न सक्षम हुँदैन ।

फूड एलर्जीको कारण बन्ने गर्छ
मैदालाई फुड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्ये एक मानिन्छ । थुप्रै गेडागुडीमा पाइने ग्लूटन नामक प्रोटिनले पिठोलाई लचिलो बनाउने काम गर्छ । यसले रोटीलाई नरम बनाउन मद्दत गर्छ । गहुँमा अब यो पहिले देखि नै धेरै हुन्छ । जब ग्लूटेन सेन्सिटिविटी भएका मानिसहरु ग्लूटेनयुक्त उत्पादनको प्रयोग गर्छन्, उनीहरुको शरीरमा फूड एलर्जी हुनुका साथै थुप्रै अन्य समस्याको खतरा बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक