स्याङ्जा र गोरखामा अत्यन्त संक्रामक कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि

कोरोना भाइरसको डेल्टा भेरियन्ट

पोखरा, २७ असार । गण्डकी प्रदेशको २ जिल्लामा अत्यन्त संक्रामक कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार जेठ ३१ गते जनस्वास्थय प्रयोगशाला काठमाडौं पठाइएका ५ वटा नमुनाहरुमा नयाँ भेरियन्ट डेल्टा बि १.६१७.२ पुष्टि भएको छ ।

स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको हो । स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको शर्माले जनाकारी दिए ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन शर्माले आग्रह गरेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक