भक्तपुरबाट जु’वा खेलिरहेको अवस्थामा धमाधम जुवाडे पक्राउ

juwa

भक्तपुर, २७ असार ।  देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जु’वा ता’सको अखडा बन्न थालेको छ । प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जु’वा ता’सका अखडा बनाएर जु’वा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ ।

मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट ता’स खेलिरहेका अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ । नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा ता’स खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ ।

सूर्यविनायकको कटुन्जेको गणेश हिलका बासिन्दा ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताए । चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई ता’स खेलिरहेका बेला पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० ब’रामद गरेको छ ।

सूर्यविनायक–७ घ्याम्पे डाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा ता’स खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जु’वाता’स खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त जगातीको टोलीले वाग्ले सहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० ब’रामद गरेको छ ।

भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जु’वा ता’स खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जु’वा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दा राजाराम श्रेष्ठको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक