मौलीक तीज गीत पर्यो चोटैचोट सार्वजनिक

Watch New Teej Song 2078 | पर्यो चोटैचोट | Paryo Chotaichot | Ramji | Kumar | Sajana | Balram | Archana

पछिल्लो पटक बिभिन्न कलाकारले बिभिन्न बिषय बस्तुलाई आधार बनाउदै तीज गीत बजार पठाउने क्रम जारी छ । यसै क्रममा कुमार गौतम युट्युव च्यानलबाट मौलीक तीज गीत पर्यो चोटैचोट सार्वजनिक भएको छ ।

सर्जक नयन शर्माको शब्द तथा लय सिर्जना रहेको गीतमा राम्जी पौडेल, कुमार गौतम, बलराम अधिकारी, सजना बाँस्तोला र अर्चना चापगाइँको आवाज रहेको छ । सुनिल परियारले संगीत संयोजन गरेको गीतको रेकर्डिङ साँहिला गायकले गरेका हुन ।

गीतको भिडियोमा पनि मौलिकता प्रस्तुत गर्न खोजिएको छ । होम गुरुङले निर्देशन गरेको गीतको भिडियोमा कुमार गौतम, मुन्द्रमान श्रेष्ठ, भीमा क्षेत्री, नबिन दाहाल र तिर्सना बस्ताकोटीको अभिनय देख्न सकिन्छ ।

गणेश सापकोटाले छायांकन र सुबास अम्गाईले सम्पादन गरेको गीतको भिडियोमा प्रवासमा रहेको छोरालाई कोरोना लागेको र घर परिवारमा पिरचिन्ता परेको कथालाई देखाइएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक