रेशम निर्दोषले गाएको तिज गीतमा मेरी बास्सैका सापटेले बेसरी थर्काए सबैलाई (भिडियो सहित)

New Nepali Teej Geet 2078 Tiktok Kanda -3 Chup laag Banmanchhe 'चुपलाग बनमान्छे' Teej Song || by Resham Nirdosh, Shanti Adhikari, Hem Sharma Muskan, Kasam Rani Thakuri Only on Deepika Jenie official YouTube Channel.

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यसैबिच, बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दियान मिडियाको प्रस्तुतिमा मौलिक तीज गीत ‘चुपलाग बनमान्छे’ सार्वजनिक भएको छ । गीतमा गाउँलाई हेलाँ गरेर शहर पसेका एक जोडी शहरमा दु:ख परेर गाउँ फिर्ता आएको र आफ्न दाजु भाउजु सँग झगडा गरेको प्रसँग समेटिएको छ ।

दिपिका जेनी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित गायक रेशम निर्दोष सँगै शान्ती अधिकारी, हेम शर्मा ‘मुस्कान’ र कसम ‘रानी’ ठकुरीको आवाज रहेको छ ।

प्रत्यक्ष दोहोरीका बाद्शह राजु केसीले शब्द सिर्जना गरेको गीतमा धनु मगरले लय सिर्जना गरेका छन । गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गरेका हुन भने अडियो मिक्शीङ तथा मास्टरिङ्ग खड्ग बाजुरालीले गरेका हुन ।

भिडियोमा चर्चित हाँस्य टेलीसिरियल मेरी बास्सैका कलाकार दिबाकर भण्डारी ‘सापटे’ सँगै शान्ति अधिकारी, कसम ‘रानी’ ठकुरी र लक्षमण पुरीको अभिनय रहेको छ। सुरेश भुर्तेलको छायांकन रहेको गीतको भिडियोको सम्पादन/कलर र निर्देशन शिव भुर्तेलले गरेका हुन् भने श्रीङ्गार बिनिता पौडेल सुबेदीले गरेकी हुन ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक