माईती घर जान नपाएको गुनासो गीतमा पोख्दै रमा गौतम सापकोटा (भिडियो सहित)

Rama Gautam Sapkota Presents :New Nepali teej geet 2078 maiti ghar

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यसैबिच, थ्री स्टार मिडिया बाट रमा गौतम सापकोटाको तीज गीत ‘माईती घर’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा पछील्लो समयमा कोरोना भाइरसले गर्दा आफ्नो माईती घर जान नपाएको प्रसंगलाई समेटिएको छ । सार्वजनिक गीतमा गायिका रमा गौतम सापकोटाको स्वर र लय सिर्जना रहेको छ भने शब्द सिर्जना नयन शर्माले गरेका हुन । गीतको संगीत संयोजन एरेन्जर दिबस थापा मगरले गरेका हुन ।

भिडियोमा रमा गौतम सापकोटा र आकृती अधिकारीको अभिनय रहेको छ । कुशल अधिकारीको छायांकन रहेको गीतको भिडियोको सम्पादन समिर रामदामले गरेका हुन भने निर्देशन कपील श्रेष्ठले गरेका हुन् ।

पुरा भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक