‘केजीएफ–२’ को रिलिज मिति सार्बजनिक

केजीएफ–२

बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो । फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् ।

सन् २०१८ मा ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । यसको दोस्रो भागको कौतुहलतापूर्वक प्रतीक्षा गरिएको छ । फिल्मका निर्माता तथा कास्टले रक्षाबन्धनको अवसर पारेर यसको रिलिज मिति २०२२ को अप्रिल १४ तोकेका छन् ।होम्बले फिल्मस्ले ‘केजीएफ–२’ को नयाँ पोस्टरसँगै लेखेको छ, ‘पछिल्लो समयको अनिश्चितताका बाबजुत हामीले १४ अप्रिल २०२२ मा सिनेमाघरमा आउनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक