तालिबानमाथि विश्वासको प्रश्नमा जो बाइडेनको यस्तो जवाफ

तालिबान

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानले आफूलाई वैध मानियोस् र यसका लागि थुप्रै बचन पनि दिएको बताउँदै अमेरिकी सरकारले उनीहरु यो विषयमा कति गम्भीर छ भन्ने कुरालाई दृष्टिगत गर्ने बताएको छ ।

जब बाइडेनलाई ‘के तपाईं तालिबानमाथि विश्वास गर्नुहुन्छ ?’ भनेर सोधियो तब यसको जवाफमा उनले भने, ‘म कसैलाई पनि विश्वास गर्दिनँ ।’
यसका साथै बाइडेनले काबुल विमानस्थलमा अमेरिकी विमानबाट निस्कने शरणार्थीको के हुन्छ भन्ने पनि जानकारी दिए ।

उनले भने, ‘म कसैलाई पनि विश्वास गर्दिनँ । तालिबानले एउटा मौलिक निर्णय लिनुपर्छ । के तालिबान अफगानिस्तानका मानिसहरुलाई एकजुट गर्न र उनीहरुको भलाईका लागि प्रयास गर्दैछ जुन १०० वर्षमा कुनै एक समूहले गरेको छैन ।’

‘यदि उसले यस्तो गर्छ भने उसलाई आर्थिक मद्दत र व्यापारदेखि विभिन्न अन्य मामिलामा मद्दतको आवश्यकता पर्नेछ ।’ बाइडेनले यो सबैकुरा त्यतिबेला धनेका छन् जब थुप्रै देश आफ्नो नागरिकलाई अमेरिकी सुरक्षा घेरामा सञ्चालित गरिएको काबुल एयरपोर्टको मद्दतबाट अफगानिस्तानबाट निकाल्ने कोसिस गरिरहेको छ ।

अमेरिकी सेनाले पछिल्लो ९ दिनमा लगभग २५००० मानिसहरुलाई अफगानिस्तानबाट बाहिर निकालेको छ । यसरी जुलाईदेखि अहिलेसम्म कूल ३० हजार मानिसहरुलाई बाहिर निकालिएको छ ।

यो अभियानअन्तर्गत अमेरिका पुगिरहेका मानिसहरुको भविष्यबारे बाइडेनले भने, ‘जो मानिसहरु अमेरिकी विमानमा बसेर काबुलबाट बाहिरिँदै छन्, उनीहरु सुरुमा एउटा सैन्य अड्डामा जानेछन् जहाँ उनीहरुको स्क्रिनिङ हुनेछ, उनीहरुको पृष्ठभूमिबारे अनुसन्धान गरिनेछ र प्रक्रिया पूरा भएपछि अमेरिकामा सारिनेछ ।

यसअघि शुक्रबार बाइडेनले यसलाई इतिहासमा सबैभन्दा ठूलो र खतरनाक एयरलिफ्ट अभियान बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक