ह्यान्डसम प्रसादले बहुबिवाह गरेपछी हेर्नुहोस् यस्तो रडाको !

New Nepali Teej Geet 2078 Radako रडाको

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यसैबिच, बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दियान मिडियाको प्रस्तुतिमा मौलिक तीज गीत ‘रडाको’ सार्वजनिक भएको छ । गीतमा बहु-विवाह गरेका ह्यान्डसम प्रसादको काहानी देखाइएको छ । दुइटी श्रीमती भएका ह्यान्डसम प्रसादले आफ्नी श्रीमतीहरु मिलाएर राख्न नसकेको प्रसँग समेटिएको छ ।

दिपिका जेनी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा किसान नेपाली, तमाया घर्ती र मोती रानाको आवाज रहेको छ । उमेश अधिकारी र जिवन सिग्देलले शब्द सिर्जना गरेको गीतमा अशोक खातीले लय सिर्जना गरेका छन ।

गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गरेका हुन भने अडियो मिक्शीङ तथा मास्टरिङ्ग दिपक संगम बिसीले गरेका हुन ।

भिडियोमा कमलेश बराल, शान्ति अधिकारी, बिनिता पौडेल सुबेदी, नेली अधिकारी लगायतको अभिनय रहेको छ। सुरेश भुर्तेलको छायांकन रहेको गीतको भिडियोको सम्पादन/कलर र निर्देशन शिव ‘राजा’ भुर्तेलले गरेका हुन् भने श्रीङ्गार बिनिता पौडेल सुबेदीले गरेकी हुन ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक