मेला हेर्न गएकी एक युवती माथि सामूहिक बला’त्कार, दुई जना पक्राउ

Rape

जुम्ला, १२ भाद्र । मष्टो मेला हेर्न गएकी एक युवती माथि सामूहिक बला’त्कार गरेको आ’रोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बला’त्कार गरेको आ’रोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए ।

पी’डित युवतीले दुवैले आफू माथि सामूहिक बला’त्कार गरेको र बला’त्कार गर्नु अघि आफ्नो हात बाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए । उनले भने, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदा’लतबाट म्याद थप गरी अनु’सन्धान कार्य अगाडि बढाएका छौँ ।”

त्यसैगरी शारी’रिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई जब’रजस्ती क’रणी गरेको आ’रोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अशक्त महिलालाई रावतले डर त्रास देखाएर बला’त्कार गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनु’सन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक