बाढीको बितण्ड : विभिन्न जिल्लामा जनधनको ठूलो क्षति

बा'ढी

काठमाडौं, १२ भाद्र । लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा १५ सय भन्दा बढी घर डुबानमा परेका छन् । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।

लगातारको वर्षाले पश्चिम नवलपरासीको जनजीवन पनि नराम्रो सँग प्रभावित बनेको छ । दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छिन् । बाढीले रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भेलले बगाएको हो । दुवैजनाको शव घर नजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्या’न जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छिन् ।

बाढीले सदरमुकाम परासी सबै भन्दा बढी प्रभावित देखिएको छ । आठ–दश बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । परासीमा बिहीबार मध्य रातमै घर घरमा पानी पसेका थियो । स्थानीय हारगुहार गर्दै घरका छत र अग्लो स्थानमा भागेका थिए ।

शुक्रबार दिउँसो १ बजे सम्म पनि पानीको सतह नघट्दा भोकाएका बालबालिका चिच्याइरहेका थिए । सिंगै बस्ती एउटै पीडामा रहेकाले कसैले कसैलाई सहयोग गर्न सकेका थिएनन् । – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक