तपाईंको आज : २०७८ भदौ २७ आइतवारको राशिफल

राशिफल - rasifal

२०७८ भदौ २७ आइतवार, षष्ठी – सूर्य षष्ठी – 12 Sep 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परिस्थिति त्यति सहज नदेखिए पनि स्रोत–साधन जुटाउन सफल भइनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सामान्य उपलब्धिका लागि अधिक खर्च हुनेछ। साझेदारीमा पुरानो विवादले निकास पाउनेछ। नयाँ कामका लागि नयाँ सहकर्मी फेला पर्नेछन्। कृषि र पशुपालनमा सहयोगीहरू जुट्नाले यथासमयमा काम गर्न सकिनेछ। यन्त्र, औजार, उपकरण आदि बिग्रनाले फजुल खर्च बढ्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बुद्धि–विवेकले काम लिनेहरूका लागि महिना फलदायी रहनेछ। केही चुनौती देखिए पनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारमा सामान्य लाभ हुनेछ। उत्तरार्धमा केही नयाँ अवसर प्राप्त हुनेछन्। स्रोत–साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – नयाँ अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले रोकिएका कामसमेत सम्पादन हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। सत्यको पक्षमा उभिँदा आफन्तसमेत टाढिन सक्छन्। भोग–विलासले फजुल खर्च निम्त्याउनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। महिनाको उत्तरार्धमा पढाइ, लेखन, संगीत र कलाका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – यस महिनामा केही चुनौती देखिए पनि आत्मविश्वासले काम लिन सकिनेछ। पित्तदोष, ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ र चैतन्य शक्ति समेत जागृत हुनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। समाजका अगुवासँग सहकार्य हुन सक्छ। आयस्रोत सबल हुनेछ र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अध्ययनबिनै खर्चिलो काम थाल्नाले समस्या देखापर्नेछ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ। पेसा र व्यापारमा मन्दी आउने देखिएकाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। फजुल खर्च पनि बढ्नेछ। नियमित काम भने सम्पादन हुनेछन्। नयाँ कार्ययोजना भने स्थगित गर्नुपर्ने हुन सक्छ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – विभिन्न अवसर जुट्नुका साथै आयस्रोत सबल बन्नाले यो महिना उत्साहवर्धक रहनेछ। समाजमा केही प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव बढ्नेछ। रोकिएका धेरै काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। कृषि तथा व्यवसायमा आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – प्रारम्भमा केही अवरोध देखिए पनि क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। मिहिनेत गर्दा यो महिना विशेष फलदायी रहनेछ। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा सहयोगीहरू अलमलिने छन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – यो महिना केही संघर्षमय रहने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। व्यवसायमा मन्दी आउनाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। अर्थ अभावले यात्रा रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र सञ्चित रकम खर्च हुनेछ। शुभचिन्तकहरू टाढा हुनेछन् भने भ्रष्ट व्यक्तिहरू नजिकिनेछन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति गर्ने मौका छ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – काममा चुनौती देखिए पनि मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। सुरुमा बलपूर्वक गरिएको कामले अन्ततः फाइदा दिनेछ। पहिले अवरोध गर्नेहरूले समेत सामाजिक अभियानमा साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ र लाभ उठाउन सकिनेछ। शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम बन्नेछन् र आर्थिक समस्या सुल्झनेछ। भौतिक साधनसमेत जुटाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक