तपाईंको आज : २०७८ भदौ २८ सोमवारको राशिफल

राशिफल - rasifal

२०७८ भदौ २८ सोमवार, सप्तमी – महालक्ष्मी व्रतआरम्भ – 13 Sep 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर भेटघाटमा अलमलिनाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा साताभरि विवादमा परिएला। परिस्थिति प्रतिकूल देखिएकाले गोपनीयतामा सजग रहनुहोला। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। साताभरिमा बिहीवार र शुक्रवार परिस्थिति अनुकूल रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। साेमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। बुधवारदेखि हुलमुलमा हुने वादविवादबाट जोगिने प्रयास गर्नुहोला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – सुरुमा मनग्गे धन लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा भने लगानी बढाउनुपर्ने समय छ। केही फजुल खर्च पनि हुनेछ। सोम, मंगल र बुधवार अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला। धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। विदेश ताक्नेहरूलाई यात्रा गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। बुधवारपछि आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू पनि बढ्नेछन्। सामान्य धन संग्रह पनि हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बिहीवार र शुक्रवार फजुल खर्च एवं ऋण–कर्जा बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – सुरुमा देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ । इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउला। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – स्वास्थ्य कमजोर रहनाले प्रारम्भ संघर्षपूर्ण रहनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले भने साथ दिनेछन्। सोमबारदेखि समस्या सुल्झाउन सफल भइनेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। बुधवारपछि नयाँ जिम्मेवारी हातपार्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। विशेष उपहार आउला। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले पनि सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले उत्साह जाग्नेछ। अध्ययनमा समय दिन नसकिए पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थिति सुल्झनुका साथै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बिहीवारदेखि काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि पिरोल्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रतिस्पर्धीहरूले विभिन्न अवरोध सिर्जना गर्नेछन्। तापनि आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। भौतिक साधन जुट्नाले रोकिएको काम सम्पादन हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले भविष्यका लागि कर्मसञ्चय गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। साताको उत्तरार्द्धपछि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। मिहिनेतले राम्रै लाभ दिलाउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – प्रारम्भ उत्साहवर्द्धक देखिए पनि यो सातामा केही उतारचढाव समेत आउनेछन्। पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्न सक्छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – धेरै बोल्ने बानीले व्यर्थैमा वादविवाद निम्त्याउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। सुरुमा आलोचकहरूले बाधा पुर्याए पनि मंगलवार र बुधवार विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। काममा सहयोगीले साथ दिनेछन्। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक