पोखरा-बागलुङ राजमार्गको ११ ठाउँमा पहिरो, खुल्न एक हप्ता लाग्न सक्ने

Pahiro

काठमाडौं, १९ भाद्र । कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ ।भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी सो राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कुनै घ’टना घ’ट्यो र ग’म्भीर घा’इते भए, ग’म्भीर खालको बि’रामी भएर जिल्ला अस्पतालबाट पोखरा वा काठमाडौं रिफर गर्नुपर्ने अवस्था आयो भने अहिले हेलिकप्टर कै जोहो गर्नुपर्ने अवस्था छ ।

गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियर सहित ३ जनालाई बगाएको थियो । त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ । प्रहरीका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् ।

तीमध्ये अधिकांश ठूला र पहाडै सहित खसेका छन् । राजमार्ग खुलाउने पहल भएता पनि ठूला पहिरो भएका कारण खुल्न एक हप्ता लाग्न सक्ने बताइएको छ । सबैभन्दा धेरै पर्वत खण्डको कुश्मादेखि पातीचौरसम्म ठूला पहिरोले राजमार्ग थुनेको छ ।

असारको सुरुदेखि नै बाढी पहिरोले बितण्डा मच्चाउन थालेको गण्डकी प्रदेशमा शुक्रबारसम्म ८ बालबालिका सहित ३४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिस्थापित भएका छन् । अर्बौं रुपैयाँको क्षति पुगेको छ ।

कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोले १८ जनाको ज्या’न लियो । पर्वत मात्रै ११ जनाले पहिरोमा ज्या’न गुमाए । अहिले उनीहरुको श’व जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक