छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि प्रति गृह मन्‍त्रालयको ग’म्भीर आ’पत्ति

गृहमन्त्रालय

काठमाडौं, २० भाद्र । गृह मन्‍त्रालयले मित्र राष्‍ट्र विरुद्ध कुनै पनि गतिविध नगर्न अनुराेध गरेकाे छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी ना’राबाजी गर्ने, जु’लुस प्रदर्शन गर्ने र पु’त्ला द’हन गर्ने गतिविधि प्रति ग’म्भीर ध्यानाकर्षण भएको र यस्तो उ’च्छृङ्खल र नि’न्दनीय गतिविधि प्रति ग’म्भीर आ’पत्ति प्रकट गरेको छ ।

पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ । जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कार’बाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्र विरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कार’बाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक