“तिजको दर खान क्याफे धाउनै पर्ने के छ ?” : नारायण जोशी

narayan joshi

तिजको दर खान क्याफे धाउनै पर्ने के छ ?
तिमिलाई सिङ्गापुरे सारि लाउनै पर्ने के छ ?

आमा भन्छिन पोहोरकै गुन्यु चोली ठिक छ
चेलीले गुनासो गर्दै गीत गाउनै पर्ने के छ ?

भन्छौ जमाना अनुसार चल्नै पर्ने हुन्छ अब
मन शुद्ध भए गङ्गा, हरिद्वार नुहाउनै पर्ने के छ ?

संस्कार संस्कृति पुरानै ठिक थियो सबै
गुरुको ॐ स्वाहा संगै दक्षिणा पाउनै पर्ने के छ ?

छाक टार्न धौ धौ छ साईंली अझै मक्ख छ
शृङ्गार गहना लटरम्म पारि छाउनै पर्ने के छ ?

नारायण जोशी
गोदावरी नगरपालिका-९, सेहरी, कैलाली
हाल : भारत, पन्जाव लुधियाना

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक