गजल “बा” – टिका खड्का

Tika Khadka - टिका खड्का - deeyan media

बोकेर काँधमा, समाएर हातमा, संसार चिनायौ बा
कतै अल्झिन्छ र लड्छ भनि सम्हालेर हिंडायौ बा

दु:ख, पिंडा, कष्ट त कति भए होलान तिमीलाइ
तर आफ्नो पिंडा लुकाएर मलाइ खुसि दिलायौ बा

हो म जन्मे देखि तिमीलाइ धेरै जिम्वेवारी थपियो रे
र त घरदेश छोडेर प्रदेशमा कैयौ दिन बितायौ बा

तिमी कपडाको झोला भिरेर घरको बोझ बोकेर
प्रदेशी बनेउ मलाइ कितावको झोला भिरायौ बा

अव त आराम गर्नु पर्छ जिर्ण बनिसक्यो तिम्रो शरीर
अब म छु तिम्रो लागि जति नंग्रा खियाउनु खियायौ बा

टिका खड्का
दुदिलाभाटी, १ बाग्लुङ
हाल – साइतामा जापान

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक