आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन मनाईँदै

बुबाको मुख हेर्ने दिन

काठमाडौं, २२ भाद्र । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारण सहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ ।

आज उखेलिएको कुश वर्षदिन प्रयोग गर्न मिल्दछ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ । पितृ औंशी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवंगत पितृहरुलाई तर्पण दिएर पनि यो पर्व मनाईदै छ ।

आज छोराछोरीहरू परम्परा अनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावती लगायत पवित्र तीर्थ स्थलमा श्राद्ध गर्ने गरिन्छ । यसो गर्दा घर, मावली र ससुराली तर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले भाद्र कृष्ण औंशीलाई ‘गोकर्ण औँशी’ पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक