बढ्न थाले स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी

डेङ्गु

काठमाडौं, २२ भाद्र । सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् । साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा ६३ जना पुरुष र १ सय ३३ जना महिला रहेका छन् ।

आर्थिक वर्ष २०७८–०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको छ । यस्तै दार्चुलामा पनि ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेका छन् । जसमध्ये कैलालीमा मात्रै १४ जनामा डेंगु भेटिएको छ । त्यस्तै प्रदेशभरिमा २६ जना पुरुष र १३ जना महिला गरी ३९ जनामा कालाजार भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक