डिप्रेसन र आत्मह’त्याको बारेमा सोचिरहेका साथीलाई यसरी गर्नुस मद्दत

डिप्रेसन र आत्मह’त्या अहिलेको समयको निकै गम्भिर बिषय हो यस बाट कसरि बच्ने र बचाउने भन्ने बिषयमा आज थोरै चर्चा गरौ। डिप्रेसनका कारणहरु धेरै हुन्छन त्यसैले कुनै पनि व्यक्तिको मनभित्र चलिरहेको उथलपुथललाई बुझ्न सजिलो हुदैन। कसैको मनभित्र भएका डिप्रेशनको लक्षण पत्ता लगाउन निकै मुश्किल हुन्छ ।

मुस्कुराहट भित्र लुकेको हारको भावना सजिल्यै बाहिर देखिदैन । मानिसहरु धेरै नै उदास रहंदा र कुनै कुराको जवाफ नमिल्दा या कुनै कुराको विकल्प नमिल्दा आत्मबल कम्जोर बन्दै गएपछी मनमा बारम्बार आत्महत्याको सोच आउने गर्छ । त्यसैले, आफ्ना साथीहरुमध्ये कोही यस्तो अवस्थाबाट गुज्रिरहेका छन् भने तपाईंले भावनात्मक रुपमा सहयोग गर्न सक्नुहुन्छ ।

उदास व्यक्तिलाइ खान रुच्दैन, कतै हिड्न खोज्दैन कसैलाई भेट्न खोज्दैन ऊ आत्मह’त्याको तरिकाका बारेमा सोचिरहन्छ । देखभाल र भोकको कमिका कारण उसको तौल कम भइरहेको हुन्छ । डिहाइड्रेड देखिन्छ । डिप्रेसनबाट पीडित व्यक्तिहरुले आत्मह’त्या गर्ने सम्भावना २० गुना बढी हुन्छ । हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्मह’त्या र रोकथामको विषयमा जागरुकता फैलाउने गरिन्छ ।

डिप्रेशन मानसिक रोगको आम समस्या हो । यो सबै उमेरका व्यक्तिमा हुन्छ । मनोवैज्ञानिक, पर्यावरणीय, सामाजिक र जेनेटिक फ्याक्टरका कारण यो समस्या हुन्छ । डिप्रेशनमा जेनेटिक्सको भूमिका धेरै हुन्छ । पारिवारिक रुपमा यो समस्या हुने गर्छ । भिटामिन बी १२ र भिटामिन डीको कमि पनि डिप्रेशनसँग सम्बन्धित हुन्छ । मधुमेह, हाइपोथायरायडिज्म, क्रोनिक बिरामी जस्ता पार्किंसन, एचआईभीले पनि डिप्रेशन पैदा गर्छ ।

उदास हुनु, चिडचिडाहट हुनु, मन दुखी हुनु, सामान्य कामकाजमा दिलचस्पी नहुनु, विनाकारण थकाइ लाग्नु, धेरै सुत्नु (हाइपरसोमिया) वा कम सुत्नु (इनसोमनिया), भोक लाग्नु , कम भोक लाग्नु, तौलमा घटबड हुनु, यौन इच्छामा कमि आउनु, निराशा, असहाय, व्यर्थ महसुस गर्नु र आफूलाई नै नोक्सान गर्ने विचार आउनु डिप्रेसनका लक्षणहरु हुन् ।

आत्मह’त्यालाई रोकथाम कसरी गर्न सकिन्छ त ?

सुरुवाती स्तरमा डिप्रेशनको पहिचान गर्न सकिएमा असहाय व्यक्तिको उपचार गर्न सकिन्छ । डिप्रेसनमा भएका व्यक्तिहरुसँग कुराकानी गर्ने गर्नुपर्छ । आफ्ना साथीभाई, आफन्तमध्ये कसैलाई यस्तो समस्या भएमा खुलेर कुराकानी गर्ने गर्नुस् । उनीहरुसँग डिप्रेसनको विषयमा यसको लक्षणको बारेमा भन्नुभन्दा संवेदनशील र गैर–निर्णयात्मक तरिकाले कुराकानी गर्नुस् ।

डिप्रेसनबाट ग्रस्त व्यक्तिको कुराकानी सुन्नुपर्छ । उनीहरुको कुराकानी धैर्यतापूर्वक सुन्ने गर्नुपर्छ । उनीहरुको कुरा सुन्ने र भावनात्मक रुपमा साथ दिने गर्नुपर्छ । उनीहरुलाई कम्जोर छ केहि गर्न सक्दैन भन्ने जस्ता कुरा गर्नु उनीहरुको लागो झन् धेरै आत्मबल कम गराउने माध्यम हो।

त्यसैले उनीहरुलाई महत्त्व दिने, उनीहरुको काम लाइ चासो दिने, र हसौला दिने गर्नुपर्छ। डिप्रेसनमा भएका व्यक्तिलाई आफु संगै लिएर हिड्ड्ने मनोरंजन दिलाउने काममा सक्रिय गराउने गर्नुपर्छ। यसो गर्यो भने ऊ बिस्तारै बाहिरी बाताबरण संग रमाउन थाल्छ अनि आत्मह’त्याको बारेमा सोच्न छोड्छ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक