छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकियोस् : अभिनेत्री ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा

बुधबार छोरालाई जन्म दिएकी अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमार्फत ‘आफ्नो छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकियोस्’ भनेकी छिन् । बिहीवार नर्भिक अस्पतालको शैय्याबाट आफ्नो फेसबुकमा श्रीमानको साथमा छोरालाई छातीमा टँसाएको एक विशेष तस्बिर पोस्ट गर्दै उनले आमा बनेपछि मनमा उब्जिएका भाव व्यक्त गरेकी हुन् ।

छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिँदै उनले लेखेकी छन्, ‘हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढी मनभित्र चलिरहेको छ ।’

त्योसँगै सन्तानको आगमनले आफूलाई संसारमै सबैभन्दा धनि महसुस गराएको उनले बताएकी छिन् । ‘आज धेरै कुरा लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद पोख्छु भनेर सोचिरहेको थिएँ’, ऋचाले लेखेकी छिन्, ‘तर, आज शब्दको अभाव महसुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ।’

आफूले पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा यो जस्तो महत्त्वपूर्ण र न्यानो चरित्र कहिल्यै निर्वाह गर्ने मौका नपाएको महसुस गरिरहेको उनले बताएकी छिन् । ‘सोच्दा पनि पृथ्वी बोकेझैं लाग्छ,’ उनले लेखेकी छिन्, ‘आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा यो जत्तिको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ।’

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक