पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला

काठमाडौं, २५ भाद्र । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ । कोरोना भाइरस महामारीको जो’खिमका कारण ४ महिना देखि बन्द रहेको पशुपतिनाथको मन्दिर शुक्रबार बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो ।

पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपती क्षेत्रमा रहेका गुह्वेश्वरी लगायतका मन्दिरहरू पनि खुला भएका छन । मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गते बाट भक्तजनहरूका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरूले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक