आलम र कुलमानको रिटको सुनुवाइ स्थगित

आलम र कुलमान

काठमाडौं, २५ भाद्र । रौतहट ब’म वि’स्फोटका योजनाकारको आ’रोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मु’द्दाको सुनुवाइ स्थगित भएको छ । थु’नामुक्त गरी साधारण तारेखमा मु’द्दा ल’ड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपक कुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढे पनि हेर्न नमिल्ने सूचीमा चढाइएको छ ।

न्यायाधीश फुँयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । ब’म वि’स्फोट सम्बन्धी मु’द्दा जिल्ला अदा’लत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल नख्खु कारा’गारमा छन् । उनले गत वर्ष नै साधारण तारेखमा मु’द्दा ल’ड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । आलमको रिट निवेदन नौ पटक पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति वि’रुद्ध परेको रिटको सुनुवाइ पनि स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा चढे पनि रिटकर्ताकै कानून व्यवसायीको माग बमोजिम सुनवाइ स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक