संखुवासभा ह’त्याका’ण्डका आ’रोपी पक्राउ

लोकबहादुर कार्की

संखुवासभा, २६ भाद्र । संखुवासभामा भएको सामूहिक ह’त्याका’ण्डका एकजना आ’रोपीलाई प्रहरीले पक्राउ गरेको छ । आ’रोपीले आफ्नो अ’परा’ध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनु’सन्धा’नलाई सुक्ष्मढंगले अगाडि बढाएसँगै एकजना स्थानीयलाई प्रहरीले पक्राउ गरी अनु’सन्धा’न अगाडि बढाएको हो ।

ह’त्या भएको पाँच दिनपछि प्रहरीले मादि–१ उम्लिङका लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । २६ वर्षीय लोकबहादुर र ह’त्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । व्यक्तिगत रि’सिबीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो ।

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनु’सन्धा’न अधिकृतहरूले ह’त्या अनु’सन्धा’न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक