‘राष्टघाती एमसिसि चाहिदैन’ युट्युवमा सार्वजनिक

New Nepali Patriotic song Rastraghati Mcc Chaidaina राष्टघाती एम सि सि चाहिदैन Khuman & Ritu Dhakal

डोटीमा जन्मेर हाल रोजगारीको शिलशिलामा भारतमा रहदै आएका गीतकार नारायण जोशीको शब्द सिर्जनामा ‘राष्टघाती एमसिसि चाहिदैन’ युट्युवमा सार्वजनिक गरिएको छ । पदम बिसिको लय सिर्जना रहेको गीतमा खुमन जोशी र रितु ढकालको स्वर रहेको छ ।

पदम बिसि युटुव च्यानलबाट सार्वजनिक भएको गीतको रेकर्डिङ मुर्चुङ्गा डिजिटल रेकर्डिङमा गरिएको हो भने मिक्शिङ अनी मास्टरिङ्ग गोबिन्द ओलीले गरेका हुन । भिडियो तर्फ डोप नरेन्द्रले खिचेको गीतको भिडियोलाई सुबाश जिशीले सम्पादन गरेका हुन ।

गीतकार जोशी बहु आयामिक प्रतिभाशाली ब्याक्तित्व हुन । उनले सबैखाले गीत लेख्दै आएका छन । हाल सम्म उनका गीतहरुमा सुदुर पश्चिम्को चिनारी बोकेको ठाडी भाका “पिरतिको केस”, टिपिकल डिजे दोहरी “डोट्यालको झिल्के”, राष्टभक्ति गीत “हिंड कालापानी”, तीज गीत “माईती घर” लगायतका गीतहरु सार्वजनिक भईसकेका छन ।

यसका साथै जोशी साहित्य विधामा पनि उत्तिकै कलम चलाउने गर्दछन । उनी आफ्ना विभिन्न गजलहरु आफ्नो नारायण जोशी अफिसियल नामको युटुव च्यानलमा राख्दै आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक