डा. शिव सुबेदीको “कस्को अनुमती” सार्वजनिक गरिएको छोटो समयमा नै अत्याधिक चर्चामा

Kasko Anumati | Parkhim Ajhai Kati | Shanti Shree Pariyar & Bikram Pariyar | Ft. Mahendra & Garima

“घाम जस्तो चम्किलो जुन हुँदैन”, “भुमरीमा परेँ भने म”, “भुल्नै भयो धौ”, “कल्पनामै भएनी देख्छु भनेको”, “किन यस्तो हुन्छ”, “बाँचेको छु धन्न”, “अभागी त म हुँ” लगायतका गीतहरुबाट सबैको मनमा बास बस्न सफल सर्जक डा. शिव सुबेदीको सिर्जनामा फेरी उस्तै मर्मस्पर्शी गीत “कस्को अनुमती” युट्युबमा सार्वजनिक गरिएको छोटो समयमा नै अत्याधिक चर्चा बटुल्न सफल भएको छ ।

बिक्रम परियार र शान्ती श्री परियारको सुमधुर आवाजमा सजिएको गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन भने बिमल छिनाल, राजेन्द्र बाजुराली र गोबिन्द पराजुलीले रेकर्डिङ गरेका हुन । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्शिङ अनी मास्टरिङ्ग खड्ग बाजुरालीले गरेका हुन ।

गीतमा माया पिरतिमा परेका एक जोडी समाज र परिवारको डरमा बस्नु परेको प्रसँग समेटिएको छ । सर्जक सुबेदीले माया मनले गर्ने हो र यसको लागी कसैको अनुमती आवश्यक नपर्ने भावलाई कलात्मक ढङ्गले गीतमा प्रस्तुत गरेका छन ।

बिनोद भण्डारीले निर्देशन गरेको गीतको भिडियोमा महेन्द्र गौतम र गरिमा शर्माले जिवन्त अभिनय गरेका छन । करण चैसिरले छायांकन गरेको भिडियोको सम्पादन प्रबिण भट्टले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Comments 1

  1. Shiba Subedi says:

    Thank you Deeyan Media for your support

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक