तपाईंको आज : २०७८ कार्तिक १० बुधवारको राशिफल

राशिफल - rasifal

२०७८ कार्तिक १० बुधवार, षष्ठी – 27 Oct 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – विवादास्पद कामले स्थायी कर्म तथा व्यवसायमा केही उतारचढाव ल्याउनेछ। रमाइलाे यात्राकाे साइत जुर्नेछ। प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। सेयर तथा आर्थिक क्रियाकलापमा पछिका लागि लगानी गर्दा फाइदा हुनेछ। नाेकरीमा प्रवेश, पदाेन्नति वा अनुकूल स्थानप्राप्ति हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अध्ययनका लागि देश–विदेशको यात्रा गर्ने साइत समेत जुर्न सक्छ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। सेयरमूल्य कमजाेर देखिए पनि परिमाण वृद्धि हुनेछ। विगतकाे कमजाेर नतिजा सच्याउन काम दाेहाेर्याउनुपर्ला। तर, सानो प्रयत्नले जीवनस्तरमा सुधार आउनेछ। पुरानो मित्रता सम्बन्धमा रूपान्तरित हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – सेयर तथा अन्य लगानीमा गएकाे रकम अड्किन सक्छ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। अध्ययन तथा लेखनमा प्रगति हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो तथा छातीको समस्याले सताउन सक्छ। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले व्यवहारमा केही सुधार आउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – परिस्थितिले नयाँ जिम्मेवारी समेत दिलाउन सक्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। सेयर लगायत आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। अग्रजहरूको सहयोगले महत्त्वाकांक्षी काम गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अध्ययनमा प्रगति हुनेछ र बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ। इच्छाशक्ति र लगनशीलताले दिगाे व्यावसायतर्फ अग्रसर भइनेछ। धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। सेयर तथा अन्य लगानीमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला। सेयर तथा व्यापारका लागि महिनाकाे पूर्वार्ध फलदायी रहनेछ। अध्ययन र लेखनकलामा निखारता आउनेछ। विदेश ताक्नेहरूकाे सपना पूरा नहुन सक्छ। स्वास्थ्यमा ज्वराे, टाउको दुखाइ तथा मौसमी समस्याले सताउने समय रहेकाले सजग रहनुहाेला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। पाउमा चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। खर्च लागे पनि विदेश ताक्नेहरूलाई भने अवसरकाे सम्भावना देखिन्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। र, समयमै आर्थिक जाेखिमबाट बच्ने उपाय अवलम्बन गर्नुहाेला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – विभिन्न भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। विलासी वस्तुका लागि खर्च हुनेछ। घरपरिवारमा भने केही समस्या देखापर्ने समय छ। प्रेम र मित्रताकाे बन्धन पनि केही कमजाेर हुने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। अध्ययन तथा सीप विकासका लागि देशविदेश घुम्ने अवसर प्राप्त हुने सम्भावना छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – असल मित्र वा शुभचिन्तकको सहयोग प्राप्त भइरहनेछ। कृषि, व्यवसाय र सेयरतर्फ सामान्य फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। तर अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पनि पाइनेछ। स्वास्थ्यका लागि आहारविहार र सुरक्षामा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – चोटपटकको योग देखिएकाले सवारीसाधन र हति’यारको उपयोग सावधानीसाथ गर्नुहोला। पारिवारिक मतभेदले घरायसी काम राेकिनेछ र व्यवसायसमेत कमजाेर बन्नेछ। सेयर तथा अन्य लगानीका लागि पनि महिना प्रतिकूल देखिन्छ। अप्ठ्याराे समयमा आफ्नाकाे साथ नमिल्न सक्छ। अरूको भरपर्दा पनि अवसर गुम्ने सम्भावना देखिएकाले सजग रहनुहाेला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आम्दानी बढ्नुका साथै नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ। मिहिनेतले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछन्। अरूको सहयोग लिनुपरे पनि दिगो योजना प्रारम्भ गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशकाे यात्रा हुनेछ। पेसातर्फ नयाँ प्रविधि भित्र्याउन सकिनेछ। ठूलाे उपलब्धि नभए पनि पहिलेकाे साख जोगाउन सफलता मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक