तपाईंको आज : २०७८ कार्तिक ११ बिहिवारको राशिफल

राशिफल - rasifal

२०७८ कार्तिक ११ बिहिवार, सप्तमी – 28 Oct 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – कामको सफलताले जोस–जाँगर बढ्नेछ। रोग र शत्रु परास्त हुनेछन्। प्रतिस्पर्धामा उत्रनुपरे पनि मेहनतले सीप र कलामा निखारता ल्याउनेछ। स्रोत–साधन जुट्नुका साथै लामो समयदेखि रोकिएका काम बन्नेछन्। पुरुषार्थी काम गर्दै उपलब्धि हातपार्न सकिनेछ। नयाँ उद्योग, व्यवसाय आदि प्रारम्भ गर्ने समय छ। तत्कालकाे फाइदा हेरी गरिएकाे निर्णयले भने दूरगामी असर निम्त्याउन सक्छ, व्यवहारमा सजग रहनुहाेला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – याे महिनामा कामको चाप बढ्नाले केही बढी श्रम गर्नुपर्ला। शरीर थाके पनि मन उत्साहित रहनेछ। कर्मक्षेत्रमा केही चुनौती देखिए पनि सम्भावनाका बाटाहरू प्रशस्त फेलापर्नेछन्। नोकरी तथा पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययनले उचाइमा पुर्याउन सक्छ। प्रतिस्पर्धाले बौद्धिक पक्षमा निखारता आउनेछ भने क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – घरेलु समस्याले मन अशान्त रहनेछ। सगोलको सम्पत्ति र साझा व्यापार खण्डित हुनाले एकल अवधारणातर्फ अग्रसर भइनेछ। निकटजनहरूसँग दूरी बढ्नेछ। परिवारजनको सहमति नजुट्नाले आँटेको काम राेकिन सक्छ। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। व्यापार, कृषि र पशुपालनमा केही समस्यासँग जुध्नुपर्नेछ। फजुल खर्च बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – पहिलेका समस्या स्वतः समाधान हुनेछन्। आर्थिक पक्ष सबल बन्नेछ। उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। तारिफयोग्य कामले पद–प्रतिष्ठा प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ। प्रयत्न गर्दा रोकिएका काम समेत सम्पादन हुनेछन्। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। तर आत्मसम्मानका लागि भने केही संघर्षमा उत्रनुपर्ला। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधा आइरहनेछन्। तापनि प्रयत्न गर्दा आँटले काम लिन सकिनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – महत्त्वाकांक्षी काम सम्पादन हुनाले यो महिना उत्साहवर्धक रहनेछ। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ। साधकहरूमा चैतन्य शक्ति जागृत हुनुका साथै लुकेको प्रतिभा प्रस्फुटन हुनेछ। नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। अभिव्यक्तिमा देखिने कठोर लयले भने सामाजिक समस्या समेत निम्त्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – खर्चिलो काममा हात हाल्नाले महिनाभरि अर्थअभाव देखापर्नेछ। परिस्थितिवश कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। सेयरमूल्य घट्ने र लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। व्यापारमा मन्दी आउनेछ र खर्च बढ्नेछ। समयमा सजग नहुँदा ऋणभार बढ्न सक्छ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – विभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका धेरै काम बन्नेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। सेयर, व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – यो महिनामा विभिन्न अवसर प्राप्त हुनेछन्। सामाजिक प्रभाव बढ्नेछ र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। सेयर, व्यापार तथा उद्योगमा फाइदा हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – यो महिना केही संघर्षमय रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिका लागि कर्म सञ्चय गर्ने समय छ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। महिनाकाे उत्तरार्धमा नयाँ व्यवसाय तथा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। नयाँ काम थाल्नुभन्दा पहिलेकाे साख जाेगाउने प्रयत्न गर्नुहाेला। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – परिवेश रमाइलो देखिए पनि कर्मक्षेत्रमा उतारचढाव आउने समय छ। प्रारम्भमा संघर्ष गर्नुपरे पनि अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। सुरुमा यात्रा, भोगविलास र भेटघाटले खर्च निम्त्याउने देखिन्छ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। महिनाकाे उत्तरार्धमा नयाँ कामतर्फ अग्रसर भइनेछ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक