मज्जा हारमा पनि हुन्छ : गजल

आफ्नाको लागि हारेर हेर मज्जा हारमा पनि हुन्छ ।
मान्छेलाई बाँच्ने रहर त मृत्युको संघारमा पनि हुन्छ ।

भन्छन् बिगार गर्नेलाई माफि दिनु महानता हो
गल्ती जानाजान पनि हुन्छ गल्ती हतारमा पनि हुन्छ ।

कोहि मलाई प्रेम गर्छन् र त लोभ लाग्छ जिउनुमा
माया साथी साथीमा हुन्छ, माया परिवारमा पनि हुन्छ ।

पोखाए पोखिन्छ, अडाए अडिन्छ, त्यस्तै हो जिन्दगी
सुन्दरता त कर्कलाको पानीको आकारमा पनि हुन्छ ।

पारु आले मगर
गोरखा
हाल दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक