तपाईंको आज : २०७८ कार्तिक १९ शुक्रवारको राशिफल

राशिफल - rasifal

२०७८ कार्तिक १९ शुक्रवार, प्रतिपदा – गोवर्धन पूजा, म्हपूजा, हलि तिहार, नेपाल सम्वत ११४२ प्रारम्भ, गाईगोरु पूजा – 05 Nov 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले सफलता दिलाउन सक्छ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सकिनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। अप्ठ्यारो अवस्थामा गरिएको पुरुषार्थले कीर्तिमानी समेत दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनामा दिलाउन सक्छ। सप्ताहान्तमा आयस्रोत बढ्नाले मनगे धनलाभ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ। व्यापार बढ्नेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। मंगलवार र बुधवार भने शाारीरिक वा मानसिक रूपमा केही कमजोर भइनेछ। अर्थअभाव देखिए पनि सहयोगीहरूको साथ पाइनेछ। बिहीवारदेखि भाग्यले साथ दिनेछ भने कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। आलोचकहरूले केही व्यवधान गरे पनि मिहिनेतले कीर्तिमानी दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्नेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले हर्ष बढ्नेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिहीवार र शुक्रवार भने स्वास्थ्य र आम्दानीमा बाधा पुग्न सक्छ। अप्ठ्यारो पर्दा एक्लो भइनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – साता उत्साहवर्धक रहनेछ। अध्ययनमा लगनशील बन्ने समय छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धाको दौडमा सहयात्रीहरूलाई उछिन्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। शत्रु र प्रतिस्पर्धी पछि पर्नेछन् भने बाधाहरू स्वतः हट्नेछन्। रचनात्मक कामतर्फ अग्रसर भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। भोगविलास र भेटघाटले खर्च निम्त्याउनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजोर बन्नाले काम रोकिन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – सुरुमा घरेलु समस्याले अल्झाउन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरूले मौकाको फाइदा उठाउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। मंगलवारदेखि स्थिति अनुकूल बन्नेछ र विभिन्न अवसर पनि प्राप्त हुनेछन्। लगनशीलताले पढाइको स्तरमा सुधार ल्याउनेछ। विदेश ताक्नेहरूलाई अध्ययनको मार्ग खुल्नेछ। आँटले काम बन्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। तर, मित्रता र प्रेममा भने खटपटी आउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – बीचमा केही उतारचढाव आए पनि साता शुभफलदायी रहनेछ। कामको सफलताले जोसजाँगर बढ्नेछ। प्रशंसकहरू बढ्नेछन् भने नाम र दाम पनि हातलागी हुनेछ। मंगलवार र बुधवार गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नैबाट धोका पाइने समय रहेकाले सावधान रहनुहोला। अरूको भरपर्दा काम रोकिन सक्छ । बिहीवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नेछ। अध्ययनमा प्रगति हुनेछ र प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – यो साता केही अवरोध र उतारचढाव पार गर्दै अन्त्यमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। सुरुमा विवादास्पद जिम्मेवारी आउनाले अवरोध सामना गर्नुपर्ला। आलोचकहरूले पनि दुःख दिनेछन्। मंगलवारदेखि सहयोगीहरू जुट्नाले धेरै काम बन्नेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। बिहीवार र शुक्रवार घरेलु समस्याले सताउन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ। सप्ताहान्तमा अध्ययनले उचाइमा पुर्याउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – सुरुमा स्वास्थ्य कमजोर रहनाले काममा बाधा हुनेछ। आगन्तुकले अलमल्याउने हुँदा अध्ययनमा समय दिन नसकिएला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले धेरै काम सम्पादन हुनेछन्। तारिफ गर्नेहरू प्रशस्तै हुनेछन्। प्रेमको प्रस्ताव पनि आउन सक्छ । पढाइले यात्राको अवसर जुटाउन सक्छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। लगनशीलताले व्यक्तित्वमा निखारता ल्याउनेछ। रोकिएको काम बन्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रारम्भमा खर्च बढ्नेछ र अवसरका लागि केही रकम जोहो गर्नुपर्ने देखिन्छ। काममा दौडधुप गर्नुपरे पनि यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ। मंगलवारदेखि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अध्ययनले प्रगतिको उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धाले पनि व्यवसायमा प्रगति गराउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – उठ्ने रकम हातलागी भए पनि साताको पूर्वार्ध खर्चिलो हुने देखिन्छ। सामान्य आम्दानी भइरहनेछ र थप रकम जोहो गर्नुपर्ने स्थिति आउन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। खर्च लागे पनि विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बिहीवारदेखि रोकिएका काम बन्नुका साथै कर्मयोगले उचाइको बाटो समाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने छोटो समयमा नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – कर्मयोगले उचाइमा पुर्याउनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ। मंगलवारदेखि आम्दानी पनि बढ्नेछ। तर खर्चसमेत बढ्नाले रकम सञ्चय नहुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ने देखिन्छ। आफन्तबाट टाढिनुपरे पनि पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – विभिन्न अवसर जुट्नाले साता उत्हासहजनक रहनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। प्रयत्न गर्दा भाग्यले उचाइको बाटो अवलम्बन गर्नेछ। इतिहास अध्ययन र धर्म–संस्कृतिको जगेर्नातर्फ रुचि बढ्नेछ। काममा विशिष्ट व्यक्तिहरूको सहायोग प्राप्त हुनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। बीचमा मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा खर्च बढ्नेछ। तर, लामो यात्रा र पछिका लागि लगानी गर्ने अवसर जुट्नेछ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक