देशका विभिन्न स्थानहरुमा भएका दु’र्घट’नामा ११ जनाको मृत्यु

दुर्घटना

काठमाडौं, ३१ आश्विन । देशका विभिन्न स्थानहरुमा भएका दु’र्घट’नामा ११ जनाको मृत्यु भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दु’र्घट’नामा परी ११ जनाको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका-२६ सुन्दरी बजारमा ग १२ प ४०३२ नम्बरको मोटरसाइकल र ग १ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठ’क्कर खाएर शनिबार दिउँसो दु’र्घट’ना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका-५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ । दु’र्घट’नामा ग’म्भीर घा’इते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दु’र्घट’नामा घा’इते भएका सन्दिप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था ग’म्भीर रहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, मकवानपुरमा टाटा सुमो दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौं बाट वीरगञ्ज तर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटा सुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो साँझ दु’र्घट’ना हुँदा दुई जनाको घ’टना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घा’इते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठ’क्कर बाट साईकलयात्री सोही नगरपालिका-२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठ’क्कर बाट ग’म्भीर घा’इते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहान तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ लादेस्थित सडकमा प्रदेश ०२-००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठो’किएर शनिबार दिउँसो दु’र्घट’ना हुँदा दैलेख नारायण नगरपालिका-११ बस्ने १८ वर्षीय शुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ । दु’र्घट’नामा ग’म्भीर घा’इते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दु’र्घट’नामा घा’इते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, कैलालीमा तीन जना सवार मोटरसाइकल दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दु’र्घट’ना हँदा चालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दु’र्घट’नामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो । दु’र्घट’नामा परेर ग’म्भीर घा’इते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दु’र्घट’ना भएको प्रहरीको भनाइ छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ जुडी स्थित सडकमा बा ४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठो’क्किएर शनिबार दिउँसो दु’र्घट’ना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । दुर्घटनामा ग’म्भीर घा’इते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दु’र्घट’नामा घा’इते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

उता, बाँकेको खजुरा गाउँपालिका-३ धौलागिरी स्थित सडकमा भे १ ह ७०२ नम्बरको अटो शनिबार बिहान दु’र्घट’ना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका-४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ । दु’र्घट’नामा ग’म्भीर घा’इते भएकी उनको नसिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दु’र्घट’नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुस’न्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक