तपाईंको आज : २०७८ मंसिर ५ आइतवारको राशिफल

राशिफल - rasifal

२०७८ मंसिर ५ आइतवार, द्वितीया – विश्व टेलिभिजन दिवस – 21 Nov 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अवसर आए पनि समयमा आँट गर्न नसक्दा केही चुनौती देखा पर्नेछन्। अध्ययनमा पनि धेरै समय दिन नसकिएला। तापनि काम भने बन्नेछन्। साेमवारपछि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिएकाले सजग रहनुपर्ला। पेटको खराबीले पनि सताउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आँटेको काम रोकिनाले पछि परिनेछ। फजुल खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रारम्भमा अवसरले उत्साह जगाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। तर साेमवारपछि पारिवारिक असमझदारीले समस्या निम्त्याउन सक्छ। अरूको भर पर्दा महत्त्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन भारी हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। आफ्नो लाभांश तत्काल हातलागी नहुन सक्छ। पहिलेको सम्झौताले समस्या निम्त्याउने देखिन्छ। कुरा लगाउनेहरूबाट सजग रहनुपर्ला। मंगलवार र बुधवार स्थितिमा सुधार आउनुका साथै सहयोगीहरूका माध्यमबाट काम गर्न सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन्। बिहीवारदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। साेमवारपछि भने परिस्थिति अलि असहज हुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। तापनि, शुभचिन्तकहरू जुट्नाले बिहीवारदेखि परिस्थिति अनुकूल बन्नेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। पहिलेको समस्या सुल्झाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सहयोग जुटाउँदैमा समय व्यतीत हुनेछ। आलोचकहरूले आफ्ना छिद्र खोतल्ने प्रयत्न गर्लान्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मंगलवार र बुधवार शुभचिन्तकहरूले काममा साथ दिनेछन्। रमाइलाे पारिवारिक भेटघाट हुनेछ। मिहिनेत गर्दा आँटेको काम पनि बन्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रारम्भमा विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, रकम बाहिरिनाले सञ्चय गर्न भने नसकिएला। मंगलवार र बुधवार केही अनियन्त्रित खर्च पनि हुनेछ। अर्थ अभावले काममा बाधा पुग्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन्। तापनि, टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्न सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह गर्न सकिनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बिहीवार र शुक्रवार भने फजुल खर्च बढ्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अस्वस्थताका बीच पनि जिम्मेवारी थपिन सक्छ। काममा बाधा र चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नेछ। मंगलवारदेखि स्थिति अनुकूल बन्नुका साथै राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यापार–व्यवसायमा सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाेकप्रियता हासिल गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामान्य आम्दानी भए पनि बुधवारसम्म केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। नियमित काममा बाधा हुनेछ भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ने देखिन्छ। अरूका लागि बढी समय दिनुपर्दा आफ्नाे काम राेकिन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – प्रियजनसँग रमाइलाे भेट हुनाले प्रारम्भ उत्साहवर्धक रहनेछ। रमाइलाे यात्रा पनि हुन सक्छ। साेमवारपछि भने अप्ठ्यारो परिस्थितिसँग संघर्ष गर्नुपर्ला। नियमित काममा बाधा पुग्न सक्छ। काम बिग्रनाले दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्य कमजाेर रहनेछ। ईर्ष्या गर्नेहरू बढ्ने हुँदा गाेपनीयतामा ध्यान पुर्याउनुहाेला। अरूका लागि समय र धन खर्चनुपरे पनि यश नपाइने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रारम्भमा प्रतिस्पर्धी पराजित हुनुका साथै जोश–जाँगर बढ्नेछ। आँटले काम बन्नेछन् र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो काम प्रारम्भ हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। रमाइलाे यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। बिहीवारदेखि परिबन्धले झमेला निम्त्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक