फ्रान्सेली सेनामा कार्यरत नेपालीहरुद्धारा साँस्कृतिक एवम साॅगीतिक कार्यक्रम सम्पन्न

फ्रान्सेली सेना

फ्रान्सको क्यास्टलमा फ्रान्सेली सेनामा कार्यरत नेपालीहरुको समुहद्धारा आयोजित साँस्कृतिक एवम साॅगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आफ्नो देशबाट टाढा भएपनि हामीले हाम्रो संस्कार, संस्कृति बिर्सिनु हुँदैन भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा बालकदेखि वृद्धसम्मका ६० बढी नेपालीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमा नेपाली संस्कृति झल्किने बिभिन्न रोमान्चक खेलहरुको समेत आयोजना गरिएको थियो। जस अन्तरगत पति-पत्नी बिशेष सियो-धागो दौडमा सन्दिप गुरुङ र सुमिता गुरुङको जोडी प्रथम भएका थिए। त्यस्तै पति-पत्नी बिशेष मुखमा अण्डा च्यापेर दौड्ने खेलमा खेम विश्वकर्मा र रन्जु विश्वकर्माको जोडीले बाजी मारेका थिए।

बालबालिकालाई लक्षित गरेर आयोजना गरिएको चम्चामा गुच्चा राखेर दौड्ने खेलमा प्रनुशा विश्वकर्मा प्रथम भएकी थिइन् । यता घैंटो फुटाउने प्रतियोगिताका सहभागीहरु मध्य सुप्रिना शेर्पाले पुरस्कार आफ्नो पोल्टामा पारिन्।

त्यस्तै महिलाहरुको कुर्सी दौडमा सुनिता पुनले सबैलाई उछिनेर प्रथम हुन सफल भइन् भने पुरुष भलिबल प्रतियोगितामा दिपक थापाको टिम प्रथम भएको थियो। नेपाल सरकारको तात्कालिन स्थानिय विकास मन्त्रालय अन्तर्गत गुम्बा ब्यबस्थापना समितिका पूर्व सचिव समेत रहेका मार्क तामाङ्गको हातबाट विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा १९ बर्षसम्म फ्रान्सेली सेनामा कार्यरत् रही सिविल जाँदै गरेका गंगाराम घलेलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा मनोज राई, निर्मल स्निर्दोस, दिपक राना, प्रीत गुरुङ्ग, प्रज्वल राई लगायतले सांगीतिक माहोल तताएका थिए। सांगीतिक कार्यक्रममा विभिन्न नेपाली माया पिरतीका साथै राष्ट्र प्रेम झल्किने गीतहरू प्रस्तुत गरिएको थियो। कपल डान्स र संरक्षण बस्नेतको नृत्यले कार्यक्रममा झन् रौनक थपिएको थियो । उक्त कार्यक्रमको प्रस्तोताको रुपमा नारायण भट्टराई रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक