दु,र्घ,टना,मा घाइते युवतीको उपचारका क्रममा मृ,त्यु

दुर्घटना

तनहुँ २ पुस, । स्कुटर दु,र्घ,टना,मा घाइते भएकी तनहुँकी एक युवतीको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत अकलाबाट खैरेनिटार तर्फ जादैँ गरेको ग १० प ८८५४ नं. को स्कुटरको पछाडिको टायर पन्चर भएर रोडमा पल्टिदा घाइते भएकी दुलेगौडा ४ बस्ने २७ वर्षीया निसा थापाको उपचारको क्रममा मणिपाल अस्पताल पोखरामा निधन भएको प्रहरीले जनाएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका –७ सेराटारमा गत मंसिर २२ गते दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार थापाको मणिपाल अस्पतालमा पोखरामा उपचार भइरहेकोमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका –२९ आदर्श चोकका ४० वर्षीय राम बहादुर नेपालीको बायाँ हातमा चोट लागेको छ । नेपालीको अवस्था सामान्य रहेको छ । यसैविच घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक