चिया निर्यात सुरु, मूल्यमा गिरावट भने कायमै

tea nerayat

काठमाण्डौ ३ पुस, । चिया निर्यात सुरु भए पनि मूल्यमा गिरावट आएको चिया उद्योगीहरुले गुनासो गरेका छन् । नेपालको चिया निर्यातमा केही अगाडि समस्या रहेकोमा अहिले समाधान भइसकेको तर उचित मूल्य नपाएको उद्योगीहरुको गुनासो छ ।

नेपालको चिया कम गुणस्तरको भएको भन्दै भारतले मंसिर पहिलो हप्तादेखि दोस्रो हप्तासम्म निर्यातमा रोक लगाएको थियो । अहिले निर्यातको समस्या समाधान भएको तर गएको वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले चियाको मूल्य कम भएको हिमालय सांग्रिला इलामका कमल मैनालीले जानकारी दिनुभयो ।
मैनालीका अनुसार गएको वर्ष प्रतिकिलो दुई सय ४० देखि एक हजार ६ सय रुपैँयासम्म बिक्री भएको चिया यो वर्ष भने एक सय २० देखि आठ सय रुपैँया सम्ममा विक्री गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपालका चिया उद्योगले सात प्रकारका चिया उत्पादन गर्दै आएको छ । यसरी चियाको मूल्य घट्दा किसानले हरियो पत्तीको उचित मूल्य नपाउने अर्का उद्योगी गोर्खा टी स्टेडका उदय चापागाईँले बताउनुभयो । उहाँका अनुसार प्रशोधित चियाको मूल्य घट्दा यसको प्रत्यक्ष असर हरियो पत्तीमा पर्छ ।

मूल्यमा गिरावट आएकै कारण किसानले यो वर्ष हरियो चियापत्तीको मूल्य प्रतिकिलो १५ रुपैयाँ मात्रै पाएको उद्योगी चापागाईँको भनाइ रहेको छ । गएको वर्ष भने किसानले हरियो चियापत्तीको मूल्य प्रतिकिलो २५ रुपैँयासम्म पाएका थिए ।

चियाको मूल्यमा गिरावट आउँदा किसानको लगानी नउठ्ने भएकाले व्यवसायबाट पलायन हुनुपर्ने समस्या देखिदै आएको छ । चियाको मूल्य कम पाएकाले लगानी नउठेको गुनासो कार्यालयमा नआएको चिया तथा कफी विकास बोर्ड फिक्कलका कार्यकारी निर्देशक डा। विष्णुकुमार भट्टराईले बताउनुभएको छ । उहाँका अनुसार गुनासो आए तत्काल समाधानको पहल थालिनेछ ।

गएको वर्ष माग उच्च भएकाले चियाको मूल्य बढेको थियो तर यसवर्ष माग कम भएको उहाँको भनाइ छ । गएको वर्ष कोरोना महामारीका कारण चिया उत्पादनमा ४० प्रतिशत ह्रास आएकाले नेपालको चियाले मूल्य बढी पाएको निर्देशक भट्टराईले बताउनुभयो ।

गएको वर्ष चिया उत्पादन गर्ने देशले चिया बगान र उद्योग कोरोना महामारीका कारण बन्द गर्नुपरेको थियो तर नेपालमा भने १५ दिन मात्रै बन्द गरी सबै उद्योग र चिया बगान सञ्चालन गरिएकोले उत्पादनमा कमी नआएको उहाँको भनाइ छ । यस वर्ष भने सबैतिर उत्पादन भएकाले माग कम हुँदा मूल्य गएको वर्षको तुलनामा कम भएको भट्टराईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक