६७ देशबाट नेपाल आउने यात्रुहरु क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित

department

काठमाण्डौ ३ पुस, । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट नेपाल आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ ।

अध्यागमन विभागले आज शनिबार सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर कोरोना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियमहरु भने यथावत रहेको विभागले जनाएको छ ।

यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रु आफैले बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।

पीसीआर पोजेटिभ देखिएको खण्डमा भने तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक