फिलिपिन्समा समुद्री आँधीबाट, आँधीका कारण एक करोड ३० लाख मानिस प्रभावित

typoone

काठमाण्डौ ३ पुस । फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएको जनाइएको छ । आँधीको कारण बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीका कारण पर्यटकीय क्षेत्र सिरगाओ टापुलाई तहसनहस बनाएको छ ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका देख्न सकिन्छ । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो ।

फिलिपिन्समा बारम्बार आँधी आउने गरेको छ । वर्षमा औसत २० आँधी आउने गरेका समाचारमा जनाइएको छ । यसअघि सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले मानवीय क्षति र विनाश गरेको थियो । त्यस्तै सन् २०१३ मा ६ हजार भज्दा धेरै मानिसहरूको ज्यान जाने गरी ‘हैयान’ समुद्री आँधी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक