३५ वर्षे बोरिक भए चिलीको राष्ट्रपतिमा निर्वाचित

Gabrie

काठमाडौं ५ पुस, । ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएको हो ।

बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेताको रुपमा चिनीदे आउनुभएको थियो । सन् २०११(१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उहाँ एक प्रमुख अगुवाको रुपमा चिनिदे आउनुभउको थियो ।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उहाँ संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बन्नुभएको थियो । सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी हुनुभएको थियो । हाल उहाँ प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुनुहुन्छ जो संसदमा वाम पक्षधरको ब्राड फ्रन्ट ब्लकको एक हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक