चिसो बढेसँगै जनजीवन प्रभावित मधेशमा शितलहर

Sitlahar

बारा ५ पुस, । पछिल्लो केही दिनदेखि चलेको शीतलहर​सँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।

सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुको गुनासो छ । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।

कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार साँझको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख खरेलले बताउनुभएको हो ।

आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान माहाशाखाको कार्यालय सिमराले जनाएको छ ।

शीतलहर​सँगै आज बिहानैदेखि रौतहट,बारा,पर्सा,सर्लाही लगायतका जिल्लामा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुको कारण सवारीसाधन आवागमनमा समेत कठिनाइ भैरहेको जनाइएको छ । शीतलहरसंगै बढेको चिसोले सबभन्दा बाढी वृद्ध अवस्थाका मानिस र बालबालिका बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल गौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक