प्रतिनिधि सभा विघटन षडयन्त्रलाई सामना गर्न ल्याइएको रणनीति रहेको एमालेका पोखरेलको भनाई

shankar pokhrel

दाङ ६ पुस, । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति रहेको बताउनुभएको छ । उहाँले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भन्नुभएको छ ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटन सत्रलाई सोमबार घोराहीमा सम्बोधन गर्दै उहााले भन्नुभयो, ‘जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।’

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर जनताकाबीच जाने आँट गरेको तर अहिलेको सत्ता गठबन्धनका नेताहरुले त्यस्तो आँट गर्न नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक