अमेरिकामा कोरोना नयाँ भाइरस ओमिक्रोनबाट एक को मृत्युु

omicrone

काठमाडौं पुस ६, । अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएका जनइएको छ ।

कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ । ७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ । गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको जनाइएकोछ ।

सीडीसीका अनुसार अमेरिकामा कयौ हिस्सामा ओमिक्रोनको संक्रमण अझै धेरै हुन सक्छ । न्यूयोर्कमा ९० प्रतिशत नयाँ मामिलाका पछाडी ओमिक्रोन भेरियन्ट एक मात्र कारण बनेको छ । गएको १ साता पहिलेसम्म अमेरिकामा डेल्टा भेरियन्टको घटना सबैभन्दा बढी थियो । हाल आएर यसको संख्या २७ प्रतिशतमा सीमित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक