प्रदेश २ मा कांग्रेसको प्रतिष्ठाको लडाइँ जारी, नयाँ नेतृत्वका लागि मतदान

काठमाण्डौ ७ पुस, । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजे सम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले बताएको छ ।

सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको जनाएको छ ।

प्रदेश २ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा नेता विमलेन्द्र निधि हुनुहुन्छ । संस्थापन समूहले पनि प्रदेश २ को चुनावलाई प्रतिष्ठाको रुपमा लिएको छ । सभापति शेरबहादुर देउवा झण्डै साढे २ दशकदेखि आफू निकट रहेका निधीले अहिले साथ छोडे पछि निधिलाई गृह प्रदेशमा कमजोर देखाउने प्रयासमा भउको जनाइएको छ ।

प्रदेश २ को चुनावमा झण्डै २ हजार मतदाता सहभागी हुने छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता रहने छन् । गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाई भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने गरी स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक