महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक धामी र पूजारी पक्राउ

Pakrau

काठमाण्डौ ७ पुस, । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई दुवैलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेको जनाइएको छ । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उहाँले भन्नुभयो । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी रहेछिन । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक