रासायनिक मलको अत्यधिक मूल्य बढेकाले पर्याप्त ल्याउन नसकिएको कृषि मन्त्री यादवको भनाई

Mahendra-Raya-

काठमाण्डौ ७ पुस, । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्यधिक बढेको भन्दै तत्काल पर्याप्त मल आउने निश्चित नभएको बताउनुभएको छ ।

बुधबार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्र्दै उहाँले अन्तर्राष्ट्रिय बजारबाट मल खरीद गर्न समस्या भएकाले अब रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्नुपर्ने धारणा व्यत गर्नुभयो ।

एक वर्षअघि प्रति मेट्रिक टन तीनदेखि साढे ३ सय डलर पर्ने रासायनिक मल अहिले प्रति मेट्रिक टन ११ सय डलर पुगेको भन्दै मन्त्री यादवले अनुदानक लागि धेरै रकम चाहिने बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण सम्झौता गरिसकेका ठेकेदारले पनि मल ल्याउने निश्चित नभएको मन्त्री यादवको भनाइ छ ।

‘आजभन्दा १२ महिना पहिले ३–साढे ३ सय डलरमा एक मेट्रिक टन पाइन्थ्यो । केही दिनअघि ठेकेदारहरुले चार सय ६५ मा ल्याए’ उहाँले भन्नुभयो, ‘अहिले अचानक ११ सय डलर मेट्रिक टन भइसक्यो । अब ठेकेदारहरुले मल ल्याउने निश्चित छैन । अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव छ ।’

रासायनिक मलको अभाव भए पनि हिउँदे सिजनका लागि डीएपी र युरिया आपूर्ति गरेको उहाँको भनाइ छ । ‘तर पनि किसानको मागअनुसारको पूर्ति भइरहेको छैन’ उहाँले भन्नुयो । नेपालमा एक वर्षमा ५ देखि ६ लाख मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यति धेरै मलमा अनुदान दिन धेरै रकम लाग्ने मन्त्री यादवको भनाइ छ ।

अब अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल खरिद गर्न नसकिने भन्दै मन्त्री यादवले सरकार–सरकार जीटुजी मार्फत मत्र खरदि गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक