रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

rrcmpas

काठमाडौं ८ पुस, । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक माथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् ।

गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका हो ।

आन्तरिक परीक्षासँग असम्बन्धित विद्यार्थी परीक्षा हलमा प्रवेश गरी प्राध्यापकमाथि सांङ्घातिक आक्रमण गरेको र शैक्षिक वातावरणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताउनुभयो ।

जेठारामाथि कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक