सरकार निकम्मा भएर विकास रोकिएको ऐमाले अध्यक्ष ओलीको आरोप

kp-sharma-oli

वीरगञ्ज ८ पुस, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाउनुभएको छ । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उहाँको दावी छ ।

नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

‘विभिन्न जालझेल गरेर सरकार ढाले, गठबन्धनको नाममा निकम्मा सरकार बनाइएको छ । जसलाई जनताप्रति, विकासप्रति मतलब छैन । त्यसकारण अहिले देशको विकास रोकिएको छ आयात बढेको छ, मुद्रास्फिती बढेको छ, वैदेशिक मुद्राको सञ्चितीमा समस्या आएको छ । बैंकमा जाँदा पैसा छैन’ उहाँले भन्नुभयो।

विकासमा अगाडि बढ्न खोज्नेवित्तिकै देशी विदेशी शक्ति प्रयोग गरेर सरकार ढाल्ने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो।

‘अहिलेको सरकार जनताले बनाएको हैन, जनताले त धुस्नु हराएको छ । १ सय ६५ ठाउँमा प्रत्यक्ष निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको छ । प्रचण्डलाई पनि मैले समर्थन गरेर, आग्रह गरेर जिताएको हो,’ उहाँले भन्नुभयो ।

आफू सरकारमा छँदा अत्यधिक धेरै पुलहरु बनेको, साढे ४ सय बाटो बनेको, पूर्वपश्चिम राजमार्गलाई चौडा गर्ने काम शुरु गरेको ओलीले बताउनुभयो । नयाँ नयाँ हवाइ मैदान बनाएको, काठमाडौंलाई तराइसँग जोड्ने फाष्ट ट्रयाक, उत्तर दक्षिणका करिडोर सडकहरु निर्माण सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक